दफा ४२
न्यायाधीशको हैसियतले गरेको कुनै कार्य प्रकट गर्न कर नलाग्ने
माथिल्लो तहको अदालतबाट अन्यथा आदेश भएमा बाहेक कुनै व्यक्तिले अदालतमा न्यायाधीशको हैसियतले गरेको कुनै कार्य वा थाहा पाएको कुनै कुराका सम्वन्धमा सोधिएको कुनै प्रश्नको जवाफ दिन निजलाई कर लाग्ने छैन ।
तर न्यायाधीशको हैसियतले काम गर्दा निजका समक्ष अदालतमा भएको कुनै घटना वा अन्य कुनै कुराका सम्वन्धमा निजलाई साक्षीको रूपमा बुझ्न हुन्छ ।